खेलकुद

विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै

काठमाडौं। भारतमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि शुरु हुँदैछन् ।

खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । समूह चरणको खेलबाट आयोजक भारत सहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।

यी टोलिमध्ये आज हुने पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि भोलि हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन् ।

सेमिफाइनल चरणको खेलबाट दुई टोली फाइनलमा पुग्नेछन् । तीनै दुई टोलीबीचको फाइनल प्रतिस्पर्धाबाट विश्वकप क्रिकेटको विजेता छानिने छ । विश्वकप क्रिकेटको विजेताले ट्रफी र मेडल सहित ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी उपविजेता टोलीले मेडल सहित २० लाख डलर पुरस्कार पाउँछ भने सेमिफाइनल चरणबाट बाहिरिने दुबै टोलीलाई पनि ८ लाख डलर पुरस्कार दिइने छ । आइसिसीले समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीलाई पनि १ लाख अमेरिकी डलर दिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *