
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले भूकम्प पिडितका लागि राहत स्वरुप २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले भूकम्प पिडितहरुका लागि सो रकम बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको हुन् ।
बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको कांग्रेसका नेता रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पु¥याइनेछ । नेता खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टी भूकम्प पिडितहरुका लागि उपलब्ध गराएको राहत सामाग्री छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको उनको भनाइ छ ।
चिनियाँ कम्युनिस्ट पार्टी दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको उनले बताए । उक्त राहत सामाग्री हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी सहभागि रहेका थिए ।