काठमाडौं । महिला टी–२० सिरिजको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रन बनायो।
नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन बनाइन्। रोमा थापा २२, रुबिना क्षेत्री २१, कप्तान इन्दु बर्मा १२ र सीता रानामगर पाँच रन बनाए । जापानका अहिल्या चन्डेल, एरिका टोगुची क्विन र आयुमी फुजीकावाले समान एक–एक विकेट लिए।
नेपाल समूह चरणका खेलमा एकमा जित र बाँकी दुईमा हार व्यहोरेको थियो। शनिबार नेपालले जापानलाई ७६ रनले पराजित गर्दा पहिलो खेलमा तान्जानियासँग २७ रनले हार व्यहोरेको थियो। दोस्रो खेलमा पनि नेपाल हङकङसँग स्तब्ध बन्यो। हङकङले नेपाललाई ९ विकेटले पराजित गरेको थियो।