देश

अझै पनि टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणले आफूलाई इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई आग्रह गरेको छ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो। जसकारण अहिले ९० प्रतिशतभन्दा बढी टिकटक बन्द भइसकेका छन् । नेपालमा अहिले भीपीएन र डिएनएसका माध्यमबाट केहीले टिकटक सञ्चालन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *