खेलकुद

विराट कोहली पनि आउट, भारत दबाबमा

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग फाइनल खेलिरहेको भारत दबाबमा परेको छ । उसका भरपर्दा चार ब्याटस्म्यान आउट भएका छन् । कप्तान रोहित शर्मा ३१ बलमा ४३ रन बनाएर आउट भएपछि विराट कोहलीले संयमतापूर्वक खेलेका थिए ।

तर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा उनी आउट भए । फाइनल खेलमा कोहलीले ५६ बलमा ५० रन बनाए । हालसम्म २८ ओभरको खेल चलिरहँदा भारतले चार विकेट गुमाएर १४९ रन बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *