राजनीति

अर्थमन्त्री महत भन्छन्– मंसिर ७ को जनप्रदर्शनलाई सरकारले गम्भीर रूपले हेरिरहेको छ

काठमाडौं । आगामी मंसिर ७ गते काठमाडौंमा हुने दुई समूहको जनप्रदर्शनलाई लिएर सरकारले पहिलोपल्ट आफ्नो धारणा सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको जनाएका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि सोमबार पत्रकारसँग कुरा गर्दै महतले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भए पनि समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए । महतले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको पनि बताए ।

उनले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको पनि उल्लेख गरे ।महतले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताए । उनले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको दाबी पनि गरे । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने उल्लेख गर्दै उनले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू विस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उल्लेख पनि गरे ।

एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो । दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टाछुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको हो । जबर्जस्ती कार्यक्रम गर्न खोजे कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । साथै, दुबै प्रदर्शनका लागि फरक–फरक ठाउँमा अनुमति दिने तयारी कार्यालयले गरेको छ । प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै कडाइ गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *