देश

सर्वोच्च अदालतका लागि ६ न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

सर्वोच्चको एक न्यायाधीश भने खाली राखिएको छ ।

न्यायाधीश सिफारिस भएकामध्ये पोखरेल र ढकाल कानून व्यवसायीबाट हुन् । हाल सर्वोच्चमा ७ मध्ये ६ मुख्य न्यायाधीश खाली रहेका छन् ।

न्याय परिषदको सिफारिसपछि संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *