देश

प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या

काठमाडौं। बल्खु र तीनकुनेमा भइरहेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।

मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।

दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थल बल्खुमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ ।

त्यस्तै, तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *