प्रविधि

एनसेलको विदेशी लगानीकर्ता ‘आजियाटा’ द्वारा नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । टेलिकम कम्पनि एनसेलको प्रमुख लगानीकर्ता आजियाटा समूहले बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरको हो ।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

आजियटाले स्विडिस कम्पनी टेलिया सोनेराबाट एनसेलको सेयर किनेको थियो ।

एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो। आजियटाले नेपालमा कर निर्धारणको कारण र अन्य व्यवसायी कारणले ठुलो घाटा बेहोर्नुपरेको निष्कर्ष सहित नेपालबाट बाहिरिने बताएको छ ।

एनसेलले सन् २०२२/२३ मा ३७ अर्ब ४४ करोड, त्यसअघि २०२१/२२ मा ३९ अर्ब ७२ करोड कारोबार गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *