अर्थ

बैंकर्स संघका अध्यक्ष केसी भन्छन्– ब्याजदर घट्दै गएकाले अब अर्थतन्त्र चलायमान हुन्छ

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएको बताएका छन् ।

शुक्रबार सेजन अवार्ड कार्यक्रममा उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता समाधान हुँदै गएको र त्यसले बैंकको ब्याज घटाउन पनि मद्दत पुर्याएको बताएका छन् ।

‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक क्षेत्र चलायमान बनाउने अनुमान छ, तरलताको समस्या समाधान भएको छ,’ उनले भने ।

केसी एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । उनले बैंकको खराब कर्जा घट्दा केही चुनौती देखिएको बताउँदै खराब कर्जा बढे पनि दक्षिण एसियामा भने राम्रै भएको बताए ।

पछिल्लो समय ऊर्जा क्षेत्रमा बैंकको लगानी बढ्दै गएकाले सरकारले विदेशी लगानी बढाउनतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *