राजनीति

महासमिति बैठकमा हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन देउवा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आगामी पुसमा बस्ने महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक भएको बताएका छन् ।

शुक्रबार बिहान धुम्बाराहीस्थित निवासमा भेटेर आफूले राखेको धारणामा देउवा सहमत भएको उनको भनाइ छ ।
उनले वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा आफ्नो निरन्तर खबरदारी रहने जानकारीसमेत दिएका छन् ।

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूसँग बिहान धुम्बाराहीस्थित उहाँको निवासमा भेट गरी आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषयलाई प्रवेश गराउनुपर्छ भनी आफ्नो धारणा राखें । यस विषयमा पार्टी सभापतिज्यू सकारात्मक रहेको पाएको छु ।

वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा मेरो निरन्तर खबरदारी रहने जानकारी गराउँदछु,’ भण्डारीले भने ।केही दिनअघि कांग्रेस सभापति देउवाले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको तर धर्म निरपेक्षको विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिएका थिए । यसले कांग्रेससहित अन्य दलमा एक प्रकारको तरंग सिर्जना भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *