राजनीति

प्रचण्ड सरकार चाँडै ढल्न सक्छ, कांग्रेस प्रचण्डपथकाे भरिया : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन् ।

‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन । यो सरकार प्रचण्ड पथमा लागेको छ । आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गईरहेका छन् ।’

ओलीले प्रचण्ड सरकार माओवादी नीतिमा हिँडेको टिप्पणी गर्दै कांग्रेसप्रति आक्रोश पोखे । ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट