प्रविधि

टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई हेर्न नभ्याइने सुचीमा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हेर्न नभ्याइने सुचीमा परेको छ । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णय विरुद्ध सर्वोच्चमा परेको रिटको पेशी मंगलबारलाई तोकिएको थियो । पेशी मंलबारलाई पेशी तोकिएको पनि आज पनि फैसाला आउन नकेन् ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयरिुद्ध सर्वोच्च अदालतमा ११ रिट दायर भएका थिए । टिकटक चलाउन पाउनुपर्ने मागसहित सरकारको निर्णयका विरुद्धमा परेका रिटको सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, इजलासले टिकटकमाथिको प्रतिबन्धविरुद्धका सबै रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *