प्रविधि

नेपालमा औपचारिक रुपमा टिकटक दर्ता गर्न पत्राचार

काठमाडौं । टिकटकले औपचारिक रुपमा नेपालमा दर्ता गन{का लागि पत्राचार गरेको छ । गत कातिक २७ गते नेपाल सरकारले नपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय कार्यान्यनमा आएपछि पहिलो पटक मंगलबार औपचारिक रुपमा टिकटकले नेपालमा दर्ता गर्न इमेल मार्फत पत्राचार गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा टिकटकले इमेल गरेको हो ।

सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले इमेल गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । सरकारले बन्द गरेको कुरा दता{ गने{ संभावना नभएको उनको भनाइ छ । अहिले नेपाल सरकारले लगाएको टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चले मुद्दा विचारधीन अवस्था रहेको छ । मंगलबार टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चलमा परेको रिटको सुनुवाई हेर्न नभ्याइने सुचीमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *