देश

सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौं । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो ।

रुकुम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको हत्या संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको उनले बताए । घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *