राजनीति

एनसेल खरिदबिक्री प्रकरण : कानुन बमोजिम देश र जनताको हितमा हुने गरी छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमाथि गम्भिर अध्ययन पश्चात छानबिन गर्नुपर्ने विष्कर्ष निकालेको निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेलको शेयर खरिद बिक्रीको विषयमाथि संका गर्दै गहन अध्ययन गरेर छानबिनको निष्कर्षमा पुग्नु पर्ने बताएकाे छ । बैठकले नेपाल सरकारको सम्बन्धित निकायको विना स्वीकृति विक्रि वितरण गरेको उल्लेख गरेकाे छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको समेत बताए । शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने गठबन्धनको बैठकको निष्कर्ष छ ।

एनसेलको शेयर खरिद बिक्री बारेमा उठ्ने गरेका प्रश्नहरु सकरात्मक भएको उल्लेख गर्दै यसको छानबिन गर्न सरकार पछि नहट्ने समेत उल्लेख गरेको छ । एनसेल सेयर विक्री कारोबार छानबिन कानुन बमोजिम देश र जनताको हितमा हुने गरी गर्नुपर्ने समेत सत्ता गठबन्धन दलको बैठले निष्कर्ष निकालेको छ । बैठकले उक्त छानबिनलाई निष्कर्षमा पु¥याउन सरकार तयार रहेको समेत उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *