रिबन

भारतको राजस्थानमा बन्द घोषणा, हिंसा भड्किने सम्भावना

नयाँदिल्ली । भारतमा राजपूत करणी सेना प्रमुख सुखदेव सिंह गोगामेडी हत्याको विरोधमा आज (बुधबार) राजस्थान राज्य बन्द घोषणा गरिएको छ । राजस्थानको जयपुरमा मंगलबार करणी सेना प्रमुख गोगामेडीको गोली हानी हत्या भएको थियो ।

सोको विरोधमा राजपूत समुदायले आज राजस्थान राज्यमा बन्द घोषणा गरेका हुन् । राज्यका धेरै जिल्लामा बन्दको समर्थन भइरहेको बीबीसी हिन्दीले जनाएको छ । हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै राजपुत समुदायले राज्य बन्दको घोषणा गरेका हुन् । बन्दका क्रममा हिंसात्मक गतिविधि हुनसक्ने भएकाले प्रहरीले अलर्ट जारी गर्दै राज्यका हरेक क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ ।

राजपूत करणी सेनाका प्रमुख सुखदेव सिंह गोगामेडीको मंगलबार दिउँसो जयपुरमा गोली हानी हत्या गरिएको थियो । उनलाई भेट्ने बहानामा श्यामनगर इलाकामा रहेको उनको घरमा आएका तीन आक्रमणकारीले उनीमाथि उनको बैठक कोठामा गोली हानेका थिए । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *