काठमाडौं।प्रहरीले न्युरोडबाट करिब ७ किलो सुन बरामद गरेको छ ।
सुनसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेको न्युरोडमा सुन गाल्ने कारखाना छ ।
कारखानामा छापा मार्दा सो परिमाणमा सुन बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने काम भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्याएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ ।
प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।