अर्थ

एनसेल बिक्री शंकास्पद रहेकाले छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने जनाएको छ । अर्थ समितिको बुधबारको बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने स्पष्ट पारे ।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र युके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र त्यसको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए । प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको उनले जानकारी दिए ।

प्राधिकरणले पठाएको पत्रको जवाफ एनसेलले मंगलबार पठाइसकेको छ । जवाफमा एनसेलले नियामका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको खनालले जानकारी दिए । आजियटाले सिंगापुरमा बस्दै आएका सतिशलाल आचार्यको कम्पनीलाई ६ अर्बमा एनसेलको सेयर बिक्री गरेको जानकारी दिएपछि यसले तरंरग सिर्जना भएको छ । तर अहिले ६ अर्बमा नभई ६६ अर्बमा बेचेको खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *