राजनीति

खाँण धरौटीमा छुट्ने कि नछुट्ने मंसिर २८ मा थाहा हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीशबीचमा राय बाझिएको थियो। जसकारण खाँण थुनामै रहेका थिए ।

न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा राय बाझिएको थियो । आदेश दिने न्यायाधीशबीच नै राय बाझिएका कारण तेस्रो इजलासमा मंसिर २८ मा पेसी तोक्ने अदालतले निर्णय गरेको हो। अब जसको इजलासमा सुनुवाइ हुन्छ, त्यो न्यायाधीशले थुनामुक्त गर्ने यसअघिको आदेशलाई सदर गरे खाँण धरौटीमा छुट्ने छन् । यदि बदर भएमा खाँण थुनामै रहनुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *