खेलकुद

नेदरल्यान्डस् १३७ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डले नेपालसामु १३८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा १३७ रनमा समेटिएको हो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भए ।

नेदरल्यान्डविरुद्ध नेपालका स्पिनर हाबी भए । स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका भुर्तेलले २० रन खर्चेर ४ विकेट लिए । ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *