राजनीति

बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई कारबाही नभएपछि प्रधानमन्त्री प्रचण्डप्रति ओली आक्रोष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनका दोषि एकिकृत समाजवादीको नेता एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोष व्यक्त गरेका छन् । उनका अनुसार सत्ता गठबन्धन दलभित्र जो कोही दोषि भएपनि प्रधानमन्त्ती प्रचण्डले कारबाही गर्न सक्नुपर्छ ।

बालकुमारी घटनामा दोषी देखाउँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रधानमन्त्री प्रचण्ड कारबाही गरेका छैनन् । यस विषयमा प्रधानमन्त्ती प्रचण्डले मंगलबार ठोस निर्णय दिने बताएका छन । तर अहिले सम्म मन्त्री ज्वालालाई कारबाही गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड अग्रसर देखिएका छैनन् । केही दिन अघि सांसदसँगको प्रश्नोउत्तरमा प्रतिनिधि सभाकौ बैठकमा मन्त्री ज्वालाई प्रतिवेदन हेरेर कारबाही गर्ने अभिव्यक्ती प्रधानमन्त्रीले दिएका थिए । तर प्रधानमन्त्रीको अभिव्यक्ती फोस्रो चाका जस्तो देखिएको छ ।

‘ अध्यक्ष ओलीले मन्त्री ज्वाला दोषि भएको सरकारले गठन गरेको आयोगले किटाण गरिसक्दा समेत दोषीलाई कारबाही गर्न नकसक्नु् गठबन्धनको सरकारको रणनीति के हो ? भन्दै प्रश्न उठाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *