अर्थ

देशको अर्थतन्त्र सुधारात्मक अवस्थामा छ : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक अवस्थामा रहेको बताएका छन् । कांग्रेसको महासमिति बैठकको दोस्रो दिन अर्थमन्त्री महतले ‘नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्र सुधारात्मक रहेको तर समस्यामुक्त भइनसकेको बताए । आर्थिक परिसूचक अनुकुल भए पनि राजश्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उनले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्रै अहिलेको समस्या समाधान हुने बताउँदै अर्थमन्त्री महतले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्सीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको उल्लेख गरे सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको प्रतिवेदनमा महतले उल्लेख छ । सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नहुँदा यस्तो समस्या सिर्जना भएको उनको भनाइ छ । सहकारी क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौती पूर्ण भएको उल्लेख गर्दै उनले ‘सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएकाले काम थालेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा लिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री डा.महतले अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने काम पनि प्रमुख कारक भएको उल्लेख गरेका छन्। सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर चुनौतीहरू देखा परेको बताउँदै बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना भएको उनको भनाइ छ । अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ,’ ‘वैदेशिक साहयताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको उनले बताए । अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारका संभावनका क्षेत्रहरूमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन, सूचना प्रविधिको क्षेत्र मुख्य रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *