देश

मौसम पूर्वानुमानः आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

मधेश र बागमती प्रदेशमा बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौंमा पनि बदली हुनेछ। अपराह्नतिर छिटपुट वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०८० फाल्गुन ०९ गते  (बुधबार)

दिउँसो:  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन १० गते  (बिहीबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

२०८० फाल्गुन ११ गते  (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 नोटːमौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ  क्लिक गर्नुहोला।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *