राजनीति

कांग्रेस बैठकमा प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेट

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । चार समूहमा विभिाजित सदस्यहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । आफ्ना सुझाव तथा धारणा राख्न एक जनालाई पाँच मिनेटको समय तोकिएको छ ।

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ ।

कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ । समूहगत छलफलमा आज सबै सहभागिहरुले धारणा राख्ने गरि ५ मिनेटको समय मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *