रिबन

बेलायतद्वारा नाभाल्नीको मृत्युपछि ६ रुसी अधिकारीमाथि प्रतिबन्ध

लन्डन । बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ‘पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

“नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,” क्यामरुनले भने ।

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *