राजनीति

कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति बैठकमा पेश भएका प्रतिवेदनकाे निष्कर्षबारे छलफल

काठमाडौं । फागुन ७ गतेबाट ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकको समापनवारे छलफल गर्न बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ । महासमिति बैठक समापनको विधि तय गर्दै कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा सहभागि भएका थिए ।

महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने विषयमा बैठकले निर्णय गरेको उनले बताए ।

यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तयारी भएको विश्वकर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *