रिबन

प्रबन्ध निर्देशकमा खड्का नियुक्त

काठमाडौं । कालिका एड मिडिया सर्भिसद्वारा सञ्चालित संकल्पखबर डटकम, डिजिटल अनलाईन पत्रिकाको प्रबन्ध निर्देशकमा आशिष खड्का नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र नेपालीमा स्नातकोत्तर हासिल गरेका खड्कासँग पत्रकारिता क्षेत्रमा कार्य गरेको लामो अनुभव रहेको छ ।

हाल राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)का महासचिव रहेका खड्काले राजधानी दैनिक, न्यू विजिनेस एज प्रा. लि. हिमाल मिडिया प्रा. लि. लगायतका सञ्चार गृहहरुमा कार्य गरेको अनुभव छ । दुई दशकदेखि विज्ञापन क्षेत्रमा क्रियाशिल खड्का एड. चौतारी प्रा. लि.का प्रबन्ध निर्देशकसमेत छन् । विज्ञापन क्षेत्रमा क्रियाशिल खड्का विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध रहेका छन् ।

श्री त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लि. सिन्धुपाल्चोकका अध्यक्ष र जिल्ला सहकारी संघ लि. सिन्धुपाल्चोकका बरिष्ठ उपाध्यक्ष समेत रहेका खड्का समाजसेवासँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. २ प्रदेश ‘ख’ का सचिव खड्काले नेपाली सञ्चार माध्यम एवम् नेपाली विज्ञापन व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् ।

संकल्पखबर डटकमको प्रबन्ध निर्देशकमा नियुक्त खड्काले डिजिटल मिडियालाई सशक्त र प्रभावकारी बनाउन आफुले योगदान पुर्यारउने प्रतिवद्धता व्यक्त गरेका छन् । संकल्पखबर डटकमलाई अझ प्रभावकारी र लोकप्रिय स्थानमा पुर्यारउने विश्वासका साथ उक्त जिम्मेवारी दिएको कालिका एड मिडिया सर्भिसका अध्यक्ष सीवी खड्काले बताएका छन् ।

प्रबन्ध निर्देशक खड्कालाई कार्यालयमा स्वागत गर्दै संकल्पखबर डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीबी खड्का

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *