देश

पैसाको चलखेल गरी पारिवारीक झमेलामा पार्ने गतिविधि गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक अभियन्ता बताउँदै सामाजिक संजालमा युट्युवमा सक्रिय शर्मिला वाइबा पक्राउ परेकी छिन् । सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार उनलाई काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको गरिएको हो ।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासंग हास्य कलाकार म्याकुरी (पवन)को विवाद जारी छ । सामाजिक संजालमा यो भिड्यो सार्वजनिक भएको सुरुको भिडियोमा पवन खतिवडाले गर्भवती बनाएको भन्दै ऋतुले भिडियो सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन् ।

तर पछि भिडियोबारे छानबिन गर्दा सत्य नभएकाले भन्दै उनीहरुले नै प्रयाङक गरेको बताएका थिए । पवन खतिवडाले ऋतु ,सर्मिला , उनकी श्रीमती मिलेर २५ लाख रुपैयाँ उम्काउन विभिन्न षड्यन्त्र रचेको बताउँदै आएका छन् । श्रीमान र श्रीमतीको कुरा नमिलेपछि अहिले पवन खतिवडा र उनकी श्रीमतीले डिभोर्सको प्रक्रियामा जाने बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *