राजनीति

फागुन २१ गते राष्ट्रिय सभाका १९ सदस्यको शपथ लिने

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुले फागुन २१ गते सपथ लिने भएका छन् । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह संसद सचिवालयले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *