देश

२१ गते संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

सभामुख घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन् ।

विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् । १४ फागुनको बैठकमा पनि सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *