देश

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टमा शालीनको बलात्कार नभएको पुष्टि

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले बलात्कार वा यौनजन्य अपराध नभएको पुष्टि गरेको हो । गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले प्रहरीको रोहबरमा काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालामा पोस्टमार्टम गरिएको थियो ।

त्रिवि अस्पतालले आइतबार पोस्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको जनाइएको छ । मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यसअघि उनको बलात्कार भएको भन्दै सामाजिक संजालमा प्रचार प्रसार भएको थियो । त्यसपछि घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान तिव्र गतिमा अगाडी बढाएको थियो । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयलाई उक्त घटनाबारे जति सक्दो चाँडो सत्य तथ्य बाहिर ल्याउन समेत आग्रह गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *