देश

काठमाडौँ महानगरपालिकाका मेयर बालेनको कार्यशैलीप्रति आपति जनाउँदै कवाडी व्यवसायीहरूको प्रदर्शन

काठमाडौँ । कवाडी व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले कवाडी व्यवसायहरूप्रति गरेको दमनविरुद्ध नेपाल रिकलेक्टस एण्ड रिसाइक्लर्स एसोसिएसनले विरोध र्‍याली निकालेको हो । उनीहरुले मेयर बालेनको कार्यालय राष्ट्रियसभा गृह अगाडि प्रदर्शन समेत गरेका छन् ।

पछिल्लो समय काठमाडौैैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनताले गरिखान पाउने बाटो बन्द गर्दै आएपछि उनको सर्वत्र आलोचना भइरहेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाका कदम एकपछि अर्को विवादमा परिरहेका बेला आइतबार व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौँमा सञ्चालित कवाडी व्यवसाय हटाउने नाममा महानगरले डोजर चलाएपछि अहिले व्यावसायीहरु आक्रोशित बनेका हुन् । शहरको फोहोर मैला व्यावस्थापन गर्दै देशमै काम नलाग्ने पुराना बस्तुहरु संकलन गरेर कवाडी व्यावसायीहरुले रोजगार गरिरहेका छन् । यदि काठमाडौँमा कवाडी व्यावसायी नहुने हो भने महानगरपालिकालाई पुराना सामानहरु व्यावस्थापन गर्न निकै कठिन पथ्र्यो । तर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त विषयमा केही सोचेकै छैनन् ।

केही दिनअघि मेयर बालेको निर्देशनमा काठमाडौं महानगरप्रहरीले काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि आक्रमण गरेर केहीलाई गम्भीर घाइते समेत बनाएको थियो । आइतबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रशाहको कार्यशैली अलोकतान्त्रिक भएको भन्दै ३२ जना नागरिक अगुवाहरुले यस्ता गतिविधिको अन्त्य गरी लोकतान्त्रिक पद्धतिमा रहेर काम गर्न आग्रह गर्दै मेयर बालेनलाई खुल्ला पत्र समेत लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *