रिबन

पेट पाल्न देश र नागरिकता त्याग्ने मानिस कति राष्ट्रभक्त होला ?

एक साँझ चाणक्य कुटीमा वसेर काम गर्दै थिए । उनलाइ भेटन कोही मानिस आएको खवर आयो । जब उनलाइ भेटने मानिस भित्र पसे तब गुन्द्रीमा वसेर टुकी वालेर काम गरिरहेका चाणक्यले अचानक अनौठो ब्यवहार देखाए । उनले बलिरहेको टुकी वत्ती निभाए र संगै रहेको अर्को टुकी वत्ती वाले ।

यो ब्यवहार देखेर आगन्तुकले चाणक्यलाइ सोधे–महोदय,वलिरहेको वत्ती निभाएर किन अर्को वत्ती वाल्नुभयो ? चाणक्यले भने–अघि पनि घरमा बसेर पनि राजाको काम गरिरहेको थिएँ,उनैले दिएको तेल प्रयोग गरेर । तर अब तपाइ आउनुभयो । यो मेरो निजि मामिला भयो । यसैले मैले सरकारी बत्ती निभाएर आफनो निजि वत्ती वालें ।

अर्थशास्त्र, कुटनीति देखि राज्यसयन्त्र कसरी चल्नुपर्छ भन्ने विषयमा विषाद ज्ञान मात्र नभइ यसवारेमा ठेलीका ठेली किताव समेत लेखेका चाणक्यले जिवनभर जे भने त्यही गरे । यसैकारण पुर्वीय सभ्यतामा उनको ज्ञानलाइ आज पनि उतिकै अनुशरण गरिन्छ । विश्वविद्यालयहरुमा राजनीतिशास्त्र देखि अर्थशास्त्र सम्मको पढाइ हुदा उनको बारेमा नपढी सुखै छैन ।

वर्तमान नेपालमा उनै चाणक्यलाइ पढेर राजनीतिकर्मी भएका थुप्रै मानिस सत्ता–शासनको केन्द्रमा छन तर हरेक दिन अनुशासन उल्लंघन गरेको,आर्थिक अपचलन गरेको,लामो हात गरेको खवर तपाइ हामीले सुन्नुपरेको छ । मानिसलाइ शिक्षाले ज्ञान र ज्ञानले विवेकी र अनुशासित वनाउछ भनिन्छ तर नेपालको सन्दर्भमा यो कुरा लागु भएको पाइन्न ।

आफनो र राष्ट्रको सम्पति बराबर हो,दुवैको जतन गरेर चलाउनुपर्छ भन्ने सामान्य सिद्धान्तलाइ समेत परहेज गरेको प्रशस्त देख्न सकिन्छ । सरकारी गाडी चलाउने चालक र निजि सवारी चलाउने चालकलाइ मात्र हेर्नुभयो भने पनि तपाइ यी दुइमा भेद पत्ता लगाउनुहुन्छ । अर्थात पढने मान्छे धेरै भए, सर्टिफिकेट भएका झन धेरै भए तर विवेक र अनुशासन भएका मानिस भेट्टाउन मुश्किल हुन थालेको छ ।

सरकारी गाडी चलाउने चालक र निजि सवारी चलाउने चालकलाइ मात्र हेर्नुभयो भने पनि तपाइ यी दुइमा भेद पत्ता लगाउनुहुन्छ । अर्थात पढने मान्छे धेरै भए, सर्टिफिकेट भएका झन धेरै भए तर विवेक र अनुशासन भएका मानिस भेट्टाउन मुश्किल हुन थालेको छ ।

नेपालीमा एउटा उखान छ–जस्तो च्यापु उस्तै आफु । अर्थात मानिसको मुखको मोहडा च्यापुले निर्धारण गर्छ । आफु जस्तो छ,समाज पनि उस्तै हुन्छ । अनि यही समाजबाट उत्पति भएको नेता चाहि कसरी अलग र भिन्न हुन्छ ? चोरको समाजबाट उत्पति भएको नेता कसरी साधु हुन्छ ? यसैकारण हाम्रो समाज दोहरो चरित्रको छ । आफु नांगो तारमा हुक लगाएर विजुली चोर्ने अनि यसो गर्नु हुन्न भनेर कारवाही गर्न आउने विद्युतका कर्मचारीलाइ लाठो लगाएर लखेटने यहि समाज हो । अरुले अपराध गर्दा वाटो छेक्ने,प्रहरीलाइ तथानाम भन्ने तर आफन्तले केही वदमाशी गरयो भने यो मान्छे त सोझो छ यसले यस्तो गलत गर्नै सक्दैन भनेर हुलदंगा गर्ने हाम्रो समाज हो ।

नेपाली समाजको अर्को खास विशेषता भनेको यो इमोशनल छ । भावुक छ । सुचनाको कमी छ र प्राप्त सुचना केलाउन जान्दैन । हो मा हो मिलाएर दौडने प्रकारको छ । यसैको फाइदा मित्रराष्ट्र देखि लिएर नेपालका नटवरलाल नेताहरुले वारम्वार लिइरहेका छन । तर,हाम्रो समाजले हामी ठगियौं भनेर अझै पत्ता लगाउन सकेको छैन ।

बहुविवाह हाम्रो कानुनले बर्जित गरेको छ । यो अपराध हो । यसो गर्न हुन्न । तर,तिन वटा विवाह गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ आदर्श र मसिहा मानेर यो समाज हिडेको छ । महिला हिंशाको विरुद्ध कडा आवाज उठाइरहेको समुह पनि मौन छ । उनै लामिछाने सहकारी ठगीको मुद्धामा फसेका छन । तर,नेपाल प्रहरीको संगठन हाकिरहेका प्रमुख नै उनी दोषी छैनन भन्दै हिडेका छन ।

उनीसंग दोहोरो नागरिकता,दोहोरो पासपोर्ट समेत छ । तर पनि उनी भगवानको अवतार जस्तो भएका छन । उनका विरुद्ध अनेक आवाज उठेका छन र तिनैलाइ एमाले–माओवादी गठवन्धनले उपप्रधानमन्त्री एवं गृहमन्त्री वनाएको छ । र,उनै आफु माथि लागेको आरोपको सफाइ दिनुको बदलामा अरुलाइ च्यालेन्ज दिदै हिडेका छन–आउ मसंग खुला वहश गर्न भनेर ।

यदि तपाइ माथि कुनै संगीन आरोप लाग्यो भने यसको खण्डन गर्ने,गल्ती भए माफी माग्ने कि चुनौती दिदै साँढे झैं डुक्रिंदै हिडने ? कसैले माने पनि नमाने पनि रवि लामिछाने एउटा समुहको युवाको रोल मोडल हुन । समाजको एउटा तप्काले उनलाइ अनुशरण गरिरहेको छ । र,अर्को समुहले भने उनलाइ सजगतापुर्वक हेरिरहेको छ । जब उनले १२ भाइ भन्दै उतर्सिएर वोले तब उनलाइ धेरै बौद्धिकले हल्का मानिस रहेछ भनेर टिप्पणी गरे ।

तिनै रवि अहिले मलाइ घेरावन्दीमा पार्न खोजिदैछ भन्दैछन । र,उनलाइ अहिले आलोचना गर्ने सामाजिक सञ्जाल देखि सञ्चारमाध्यामसम्म दुश्मन लाग्न थालेको छ । यसैकारण सञ्चार र सञ्जाल नियन्त्रण गर्ने गरि गृहमन्त्रालयबाट निर्देशिका जारी गरे तर पाच घण्टा पनि टिक्न सकेन र उनी पछि हटे । हो,तिनै रवि लामिछाने यो देशको उपप्रधानमन्त्री हुन । उनकै अनुयायी स्वर्णिम वाग्लेले भने झैं उनी देशकै उपप्रधानमन्त्री हुन ।

तिन वटा विवाह गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ आदर्श र मसिहा मानेर यो समाज हिडेको छ । महिला हिंशाको विरुद्ध कडा आवाज उठाइरहेको समुह पनि मौन छ । उनै लामिछाने सहकारी ठगीको मुद्धामा फसेका छन । तर,नेपाल प्रहरीको संगठन हाकिरहेका प्रमुख नै उनी दोषी छैनन भन्दै हिडेका छन ।

तर,त्यो ब्यक्ति माथि आज लाखौं मानिस खाइ नखाइ गरेर जम्मा पारेको रकम हिनामिना गरेको गम्भीर आरोप छ । अहिले देश बनाउछु भनेर चर्का कुरा गर्ने लामिछानेले यो देशको नागरिकता त्यागेर अमेरिकाको ग्रिनकार्ड पाउदा जिवनकै सवैभन्दा खुशी क्षण भनेर वोलेको भिडियो सार्वजनिक भइरहेका छन ।

हिजा पेट पाल्न देश र नागरिकता दुवै त्याग्ने रविको आज पनि यो देश प्रति कति निष्ठा होला ? अनि उनलाइ रोल मोडल ठान्नेहरुबाट यो देश कसरी बन्ला ? के उनले निष्ठा,सदाचारको कुरा गर्न सुहाउला ? उनले सारालाइ न्याय देलान,तर के उनले त्यागेर विचल्ली पारेका दुइ श्रीमतीले उनलाइ साधुवाद भन्लान ? हिजो पाच बर्षमै टिभी चमकदार हुन्छ,चिन्ता नगर्नुस भनेर अहिले अभरमा परेका जिवी राइले लामिछानेलाइ धन्यवाद भन्लान ? के यस्तै धुर्त बुद्धि,चुच्चो पारेको चमकदार कपाल र नेपालमा बनेको मात्र लुगा लगाउछु भनेकै भरमा देश बन्ला ? के सधैं जनताले यस्ता कुरा पत्याइरहलान ?
चुनावमा मत पाएर जित्नु र जनताको विश्वास जित्नु दुइ फरक कुरा हुन ।

चुनावको जित कस्तो हुन्छ भन्ने कुरा नानीमैया दाहाललाइ हेरे थाह भइहाल्छ । कुनै समय हाइ हाइ भएका मानिस अहिले गुमनाम भएका पनि थुप्रै उदाहरण छन । यसकारण चम्किला र लक्षदार भाषण होइन,यो देशको सत्ताको वागडोर समातेको मानिस असल आचरणको हुन जरुरी छ । एउटा कुनै चटकेले आखा छलेर रुमालबाट सर्प बनाउन सक्छ ।

उसले कागजबाट चरा र तारबाट सुनको सिक्रि बनाउन सक्छ । वाह जादुगर भनेर सवैले प्रशंशा गर्छन । तर,जब जादु सकिन्छ,तब टाउकोमा लगाएको टोपीमा पैसा थापेको सवै भुल्छन । यदि जादुगर सुनको सिक्रि देखि पैसा समेत वनाउ सक्छ भने किन हात थापेर वस्छ ? हामी जादुर सम्झन्छौं तर हात थापेर पैसा मागेको भुल्छौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *