कर्णाली प्रदेश

दुई दलबीच सहमती नहुँदा अन्योलमा कर्णाली प्रदेश सरकार !

काठमाडौं । सत्तामा आएको परिवर्तनसँगै अहिले प्रदेश सरकारको नेतृत्व चुस्त दुरुस्त बनाउने विषयमा राजनीति वृत निकै सक्रियाताका साथ विभिन्न कोणमा ढल्किएको छ । कर्णाली प्रदेशमा नेकपा एमालेलाई मुख्यमन्त्रीको पद दिन माओवादीबाट निर्वाचित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई प्रधानमन्त्री प्रचण्डले फोनमार्फत सन्देश छोडेपछि मुख्यमन्त्री शर्मा केन्द्रको निर्देशनमा प्रदेश सरकार चल्न नसक्नै भन्दै आँफैले विश्वासको मत लिने तयारीमा जुटेका छन् । तर केन्द्रको दबाबपछि मुख्यमन्त्री शर्माले एमाले दलका नेता यामलाल कँडेलसंग पनि आज बिहान छलफल गरेका छन् । यी दुई मन्त्रीहरुबीच भएको छलफलमा कुनै निष्कर्ष भने निस्किन सकेन ।

उक्त छलफलमा केन्द्रबाट सत्तारुढ दलले गरेको निर्णयको पालना गर्नुपर्ने एमाललेका नेता कँडेलले बताए पनि मुख्यमन्त्री शर्माले आफुलाई एमालेले विश्वासको मत दिनै पर्ने बताए । एमाले नेता कंडेलले कर्णाली प्रदेश सरकाबाट माओवादीबाट निर्वाचित मुख्यमन्त्ती शर्माले राजीनामा दिएर एमालेलाई सहयोग गर्नुपर्ने बताएका थिए । शर्माले कँडेललाई केही दिनका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । उक्त विषयमा बहस लम्बिएपछि अहिले कर्णाली प्रदेश सरकारको गठनका विषयमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छ। सरकार नेतृत्वका विषयमा नेकपा माओवादी केन्द्रको आन्तरिक छलफल मुख्यमन्त्री निवासमा चलिरहेको छ ।

उक्त छलफलमा प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका नेताहरुले सहभागीता जनाएका छन् । सोमबार मात्र केन्द्रीय सत्ता गठबन्धनका दलबीच कर्णाली सरकारमा मुख्यमन्त्री पद एमालेलाई दिने सहमति भएपछि अहिले उक्त विषयमा बहस जारी छ । मुख्यमन्त्रीले विश्वासको मत लिने वा नलिने भन्नेलगायतका विषयमा छलफल गर्न मंगलबार दिउँसो १ बजे दलको बैठक बस्ने भएको छ।

अहिले प्रदेश सरकार र केन्द्र सरकारबीच प्रदेशको नेतृत्वका बारेमा बहस जारी छ । एक थरीले केन्द्रिय सत्ता गठबन्धको निर्देशन मान्नुपर्ने बताउँदै आएका छन् भने अर्का थरीले केन्द्रको निर्देशनमा प्रदेश सरकारलाई नेतृत्व दिने हो भने प्रदेश सरकारलाई चुनौतीको पहाड थपिनुका साथै राजनीति द्वोन्द्वको अवस्था सिर्जना हुन सक्ने बताइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *