राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवि पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर राेकायले जानकारी दिए।

भोलि हुने राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। सत्ता गठबन्धनले कसैलाई पनि उम्मेदवार चयन गरेका छैनन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *