राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा दुई जनाले गराए उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउँदै उनीहरुले राष्ट्रिय सभालाई थप उचाइमा पु¥याउन प्रयास गर्ने बताए । गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउन उल्लेखीय भूमिका निर्वाह गर्ने बताएकी छिन् । कांग्रेस उम्मेदवार विष्णुदेवीले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा आँफूले विजय हासिल गर्ने बताएकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *