राजनीति

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा चलाउनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीको आयोजनामा नव बर्ष २०८१ को अवसरमा चिया पान तथा भेटघाट कार्यक्रम बोल्दै सभापति देउवाले विमानस्थललाई पुर्णरुपमा सञ्चालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अहिलेको समयमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र जनताका बीचमा जाने देउवाले बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालनका लागि पहल गर्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सभापति अमर पुन,लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु भरत कुमार शाह, अब्दुल रज्जाक लगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *