काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस सदैव जनताका मुद्धामा सक्रिय रहेको पाटी भएकाले जनताका आवश्यकताका बारेमा कहिल्यै पछि नहट्ने बताए । निजी क्षेत्र, रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिकोका बारेमा कांग्रेसँग प्रष्ट भिजन भएको बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझेको उल्लेख गर्दै उनले ०४६ सालको परिवर्तनसँगै देशको आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढाउन कांग्रेसले अग्रणी भुमिका खेलेको बताए । देशको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले एक असल नीति लिएकाले निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने विषयमा कांग्रेस सदैव अग्रह स्थानमा रहेको उल्लेख गरे ।
पूर्वअर्थमन्त्री महतले २०४६ सालपछि नेपालमा पहिलो चरणमा अर्थतन्त्र सुधार भएको बताए । यस्तै दोस्रो तहमा पनि देशको आर्थिक अवस्था सुधारका लागि कांग्रेसले सहयोग गरेको उनको भनाइ छ । डा. महतका अनुसार राज्यसंयन्त्र पारदर्शी, अनुशासित नभएका कारण राज्य प्रभावकारी हुन सकेको छैन् ।
डा. महतले राज्य विभेदकारी भएमा राज्य वितरणमुखी र पार्टीमुखी मात्रै भएर देशको आर्थिक वृद्धि संम्भव नहुने बताए । उनले देशको समग्र अवस्था सुधारका लागि नेपालमा लगानी बढाउन तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर देखिएका चुनौतीका बारेमा अध्ययन अनुसन्धान गरेर निष्कर्ष निकालेर अगाडी बढ्नुपर्ने बताए ।