राजनीति

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक बैशाख २ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक बैशाख २ गते सम्मका लागि स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राखेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन्। दुई दलले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक पटक बैठकलाई अगाडी बढाउन आग्रह गरेपनि दुई दलले सभामुखको निर्देशन नमोपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले केहीदिन अघिदेखि नै सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री र नेपाल प्रहरी प्रमूखले आरोप लागेपनि दोषी नभएको उल्लेख गर्दै उन्मुक्ति दिएपछि अहिले संसद बैठकमा बारम्बार अबरोध सिर्जना भइरहेको छ ।

कांग्रेसले कुनै पनि प्रकरणमा मुछिएका व्यक्ती पदमा बस्न नहुने भन्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिन आग्रह गर्दै आइरहेकाे छ । कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपनि गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा अाँफू दोषी नभएको उल्लेख गर्दै पदबाट राजीनामा नदिएपछि सहकारी ठगी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आइरहेको छ । तर सरकारले त्यसको कुनै सुनुवाई नै गरेको छैन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विभिन्न ४० बुँदै माग राख्दै काठमाडौंमा प्रदर्शन गरेपछि प्रदर्शनका क्रममा राप्रपाका नेता तथा कार्यकर्तामाथि प्रहरी दमन भएको भन्दै राप्रपाले पनि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै बुधबार संसदमा अवरोध जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *