राजनीति

कांग्रेसले अब देशमा भ्रष्ट्राचार शुन्य पार्ने दिशामा केन्द्रित भएर काम गर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अब कांग्रेसले देशमा ब्याप्त भ्रष्ट्राचार शुन्य पार्ने दिशामा केन्द्रित हुने बताएका छन् । शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित भएर अघि बढने उनले बताए । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी पङ्क्ति अगाडि बढ्नुपर्ने बताए ।

उनले काँग्रेसले अब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियान थाल्ने बताए । भ्रष्टाचार र बेथितिलाई टक्कक्याएर काँग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको थापाको भनाई छ । नयाँ बर्ष २०८१ लाई अवसरका रुपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उनको जोड छ ।

राजनीतिक अस्थिरता अन्त्यका लागि सोच्नुपर्ने बेला आएको बताउँदै महामन्त्री थापाले अस्वस्थ राजनीतिक खेलले मुलुक बरबादीतर्फ गइरहेको टिप्पणी गरे । उनले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *