अर्थ

सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा जीबी राईसहित २८ जना प्रतिवादी

काठमाडौं । सहकारी प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालयमा  बुझाएको छ  ।   बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको अनियमितताबारे छानबिन गर्न अनुसन्धान सकेर प्रहरीले शुक्रवार प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल  रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।  

उनका अनुसार ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी)राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई सुझाव दिएको छ  । उक्त सहकारी ठगी प्रकरणमा  १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

सुप्रिम सहकारी रकम अनियमितता गरेको आरोमा  अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । 

सुप्रिम सहकारीका बचतकर्ताहरूले उक्त सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन्  ।   बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिए पनि  सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीले अनुसन्धानको प्रतिवेदन निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *