काठमाडौं । इलाम क्षेत्र न.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलामको समग्र विकासका लागि विभिन्न आठ बुँदा अघि सारेका छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा बुँदा घोषणापत्रको रुपमा अगाडी बढाएका छन् ।
अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई उनले मुख्य बुँदाको रुपमा अगाडी सारेका हुन् । खड्का विगतमा पनि सामाजिक कार्य गर्दै आएकाले आगामी दिनमा इलामवासीलाई समग्र विकासमा अगाडी बढाउने संकल्पका साथ अघि बढेका छन् ।
इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्को ऐजेन्डा बनेका छन् । उम्मेवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम— २ बासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभुित आम्मसात उल्लेख गरेका छन् । इलाममा हुने उपनिर्वाचनमा धेरै प्रतिस्पर्धी भएपनि आफूले विजय हासिल गर्ने उनले दृढ विश्वास लिएका छन् ।