राजनीति

भ्रष्ट्राचारका सयौँ फाइल खोल्छु भन्ने गृहमन्त्रीले सहकारी प्रकरणमा लुकाए आफ्नै फाइल 

काठमाडौं । संचारकर्मी हुँदा देखि सबै  भ्रष्ट्राचारको फाइल खोलेर देशलाई सुशासनको मार्गमा डो¥याउँछु भन्दै नेताहरूलाई गाली गर्दै आएका वर्तमान गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम जोडिएपछि आफ्नै फाइल लुकाएका छन् । गृहमन्त्री लामिछानेले  आफ्नो फाइल लुकाएपनिे बुटवलस्थित सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ नै लिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा नै उल्लेख छ । तर अहिलेसम्म गृहमन्त्री लामिछानेले आफूले रकम नलिएको बताउँदै साँचो कुरालाई झुट्टो साबित गर्न खोजिरहेका छन् ।

 गृहमन्त्रीले इमानदारीका आधारमा रकम लिएको कुरालाई लिएको भन्न सक्नुपर्छ । सत्ताको आडमा रहेर आँफू निर्दोष भएको भन्दै आफू पक्राउ पर्नबाट जोगिन खोज्नु गैर जिम्मेवारीको पराकाष्ठा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाई  सहकारी प्रकरणमा निर्दोष रहेको भन्दै सुन पानीले चोख्याउन खोजिरहेका छन् ।

तर नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा,एकीकृत समाजवादी पाटी लगायत अन्य साना दलहरूले समेत सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले उनीहरूको कुरालाई अस्वीकार गर्दै नेपाल प्रहरी प्रमुख र सिआईबीलाई समेत गृहमन्त्री लामिछाने निर्दोष रहेको भन्न समेत लगाएका छन् । 

अहिलेको समयमा सामाजिक संचालको पहुँचको कारण देशमा भइरहेका घटनाका बारेमा नागरिकहरूलाई प्रस्ट नै थाहा भइसेको हुन्छ । जनतालाई थाहा नपाए जसरी प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारमा मुछिएका व्यक्तिहरूलाई लुकाउन खोज्नु देशको मात्र नभएर संविधानलाई नै लत्त्याउनु हो ।

  गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा अनुसन्धानले नै दोषी ठहर गर्दा समेत प्रधानमन्त्रीले लामिछानेको बचाउमा लाग्नु गैर कानुनी जिम्मेवारी हो  । यो कुरा सबै नागरिक समाज, राजनीति दल लगायत सामाजिक सञ्जालमा समेत सार्वजनिक  भइसकेको छ ।  कुनै पनि भ्रष्ट्राचारको काण्डमा मुछिएका व्यक्ती लाई सरकारले तत्काल कारबाही गर्न सक्यो भने मात्र देशमा सुशासनको नारा साकार हुन्छ । जुन न्यायको सिद्धान्तसँग मेल खान्छ । 

सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष  गितेन्द्रबाबु (जीबी)राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई सुझाव दिइसकेको छ   । तर गृहमन्त्री लामिछानेको नाम छुटाइएको छ । उक्त सहकारी ठगी प्रकरणमा  १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

सुप्रिम सहकारी रकम अनियमितता गरेको आरोमा  अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । 

सुप्रिम सहकारीका बचतकर्ताहरूले उक्त सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका  थिए  ।   बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिए पनि  सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीले अनुसन्धानको प्रतिवेदन निकालेको छ ।

सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु ९जीबी० राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार बुधवार प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको हो ।देश भरीका विभिन्न सहकारीबाट ठगिएका सहकारी पीडितहरूको माग सरकारले सम्बोधन गर्न नसक्दा पीडितहरू सडकमा भोकै बस्न बाध्य छन् । तर सरकारले उनीहरूका बारेमा केही गर्न सकेको छैन । 

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पनि सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताएका छन् । उनले  गत चैत्र २४ गते एक कार्यक्रममा बोल्दै आफ्नो सहकारीमा डुबेको रकम  उठाइदिनेलाई एक–दुई लाख रुपैयाँसम्म दिने बताएका थिए । उनले नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको  गुनासो गरेका छन्  । यस्तै अन्य सहकारीमा पनि सयौँको बचत गरेको रकम डुबेको छ । सरकारले सहकारी प्रकरणमा मुछिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याएर तत्काल सहकारी पीतिलाई न्याय दिन आवश्यक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *