काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओली पछिल्लो समय कालो ढुङ्गामाथि सेतो इनामेल लगाउँदै सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि लागेको कालो दाग मेटाउन लागि परेका छन् । माओवादी केन्द्रसँगको गठबन्धनमा सरकारमा सामेल भएका ओली संसद्को सबै भन्दा ठुलो दल नेपाली काँग्रेसले सरकारसमक्ष राख्दै आएको मागलाई पुरा हुन नदिन रविको पक्षमा दिनरात बचाउमा लागेका छन् ।
भ्रष्ट्राचार कालो कर्तुत हो । कालो कर्तुतलाई पादर्शी बनाउन रविमाथि लागेको दागमा सेतो इनामेलका रुपमा परिवर्तन भएर ओली कांग्रेस विरुद्ध अभिव्यक्ति दिन थालेका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेसले बारम्बार संसद बैठक अवरोध गरेको भन्दै कुनै पनि हालतमा सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन गर्न सहमत नहुने र काँग्रेसले संसद बैठकमा लामिछानेलाई बोल्न दिनुपर्ने अभिव्यक्ति दिए । यस्तै ओलीले झापाको गिरिबन्धु टी इस्टेटसम्बन्धी नीति गत भ्रष्ट्राचार गरेको ओलीमाथि आरोप लागेपछि आफु निर्दोष भएको भन्दै सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
बालकुमारी घटना प्रकरणको निष्पक्ष छानबिनका लागि रवि लामिछाने लगायत एमालेले संसदीय छानबिन समिति बनाउन माग गर्दै बारम्बार संसद् बैठक अवरुद्ध गरेपछि सरकारले संसदीय छानबिन समिति बनाएर उक्त घटनाका दोषीमाथि कारबाही गरेको थियो । तर सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा एमाले र गृहमन्त्री लामिछानेले नै असहमति जनाउँदै आएका छन् ।
नेपाली काँग्रेस सहकारी पीडितको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने पक्षमा कठोर भएर उभिएको छ । काँग्रेसले देशमा फैलिएको महामारी रोगको रूपमा सहकारी प्रकरणलाई लिएको छ । सहकारीको गन्धका कारण अहिले पीडितहरू सडकमा आउनु परेको छ ।
उक्त महामारी फैलाउने सहकारी प्रकरणका नाइकेहरू नै हुन् । सहकारीमा जनताले उज्ज्वल भविष्यका लागि बचत गरेको दुई करोड हिनामिना गर्ने मुख्य नाइकेका रूपमा गृहमन्त्री लामिछाने र जिबी राई रहेका छन् । गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा उक्त रकम लिएको प्रहरी अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । तर राज्यले सहकारी पीडितको समस्या समाधान गर्न आलटाल गरिरहेको छ । सहकारी प्रकरणमा दोषी ठहर भएपछि गृहमन्त्रीबाट हट्ने र जेल जाने डरले नै रविले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्दै आएका छन् ।