देश

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ,जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

बुधबार उच्च अदालत पाटनले सन्दीपकाे मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेकाे फैसला बदर गरेकाे हाे।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवैले उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो । मंगलबार सो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *