राजनीति

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय गरेको छ । कांग्रेसले सयुक्त बैठक जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ भएको जानकारी दिए । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै गर्दै कांग्रेसले सदनदेखि सडकसम्म पदर्शन गर्ने आन्तरिक तयारीमा रहेको स्रोतले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई सरकारले जोगाउने प्रयास गरेको भन्दै कांग्रेसले सत्ता र शक्तिका आधारमा अपराधमा संलग्न रहेकालाई कसैलाई काखा र पाखा लगाउन नहुने भन्दै समानुपातिक ढङ्गबाट छानबिन गर्नुपर्ने बताउँदै आएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले संसद्‌मा उठाएको मुद्दालाई सडकमा लैजान संयुक्त बैठकको माग गर्दै आएपछि जनताका मुद्धा सम्बोधन गर्न संसद्‌को सङ्घर्षबाट मात्र नपुगेको भन्दै संयुक्त बैठकबाट सडक सङ्घर्षमा निष्कर्षका साथ कांग्रेसले संयुक्ती बैठकको घोषणा गरेको हो । नेपाली कांग्रेसले वर्तमान सरकारले राणाकालीन शैलीमा लोकतन्त्रमा व्यवहार गरेपछि जनताको सहभागिता सहितको सङ्घर्ष आवश्यक रहेको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *