देश

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि राज्यको हमला

काठमाडौं । सरकारले तानशाह शैलीमा राज्यको चौथो अङ्ग मिडियामाथि प्रेस स्वतन्त्रताको हस्तक्षप गर्दै हमला गरेको छ ।
सरकारले मंगलबार पक्राउ पुर्जी जारी गर्दे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवादमा कार्यालयबाटै गिरफ्तारी गर्दै मिडियामाथि हमला गरेको हो ।

अध्यक्ष सिरोहियाले नागरिकता विवादमा अनुसन्धानलाई सहयोग गर्न आँफू तयार रहेको बताउँदै गर्दा संचारगृहभित्र प्रहरीसहितको टोली प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गरेपछि उनले सरकार र गृहमन्त्रीको कार्यशैलीप्रति आलोचना जनाउँदै सरकारले नवअधिनायकवादको थालनी गरेको बताए । सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्ष गरेको भन्दै गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको उनले बताएका छन्।

थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेपछि उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। सिरोहियाले सरकारले मिडियामाथि हमला गर्न थालेकाले अब अन्तिम सम्म लडाईं लड्ने प्रतिवद्धता जनाएका छन् । यस्तै नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउको घटना प्रतिशोधपूर्ण ठहर गरेको छ। महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट सिरोहियालाई पक्राउ गरेको र राज्यशक्तिको यस प्रकारको दुरुपयोग नस्वीकार्ने स्पष्ट पारेका छन्। पक्रउ परेका सिरोहियालाई गाडीबाटै सिधै धनुषा लगिएको छ ।

सरकारको कार्यशैलीप्रति आलोचना गर्दै नेकपा एकीकृत समाजवादीले सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ। कान्तिपुर प्रधान कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै सिरोहियालाई प्रहरीले पक्राउ गरेकोमा सत्तारुढ दलकै एक घटकले आपत्ति जनाएको हो। महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको बताएका छन्।

‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिता विरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नु पर्छ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको बताएका छन्। उनलाई कार्यकक्षबाटै पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत् कोइरालाले यस्तो बताएका हुन्। यसअघि नेपाली कांग्रेसका नेताहरू कान्तिपुरको कार्यालयमै पुगेर पक्राउ पुर्जीको विरोध गरेका थिए।

‘कोइरालाले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकराी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया पका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *