रिबन

गृहमन्त्रीले सहकारीको समाचार रोक्न गरेको आग्रह नमान्दा पक्राउ गरिएको थियो कैलाश सिरोहियालाई

काठमाडौं । कान्तिपुर मिडियालाई गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको समाचार प्रकाशन तथा प्रसारण नगरिदिन बारम्बार आग्रह गरेको र कान्तिपुरले निरन्तर प्रेस स्वतन्त्रताको अधिकारलाई लिएर निष्पक्ष समाचार प्रकाशन तथा प्रसारण गरिरहँदा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले बताएका छन् ।

उनले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । सम्भव सिरोहियाका अनुसार गृहमन्त्री लामिछानेले आँफू निकट सहकारीका समाचार लुकाइदिन आग्रह गरेका थिए । तर कान्तिपुरले गृहमन्त्रीको कुरालाई नमानीकन निष्पक्ष रुपमा सहकारीमाथि भएको हिनामिनाका बारेमा समाचार क्रमबद्ध तरिकाले सार्वजनिक गरेपछि नागरिकता विवादमा अध्यक्ष सिरोहियालाई अनुसन्धानलाई सहयोग गर्ने भन्दा भन्दै गृहमन्त्रीको निर्देशनमा प्रहरीले जेष्ठ ८ गते संचारगृहबाट नै पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेपछि संचारमाध्यमदेखि राष्ट्रिय तथा अन्तराष्ट्रि संस्थाहरुले समेत सरकारको आलोचना गरेका थिए । सरकारले निरङकुश शैलीमा संचारमाध्यमलाई बन्द गराउन खोजेको र पत्रकारको प्रेस स्वतन्त्रतामाथि हस्तक्ष गरेकोप्रति गृहमन्त्रीको चौतर्फी आलोचना भएको थियो । सरकारको चौतर्फी आलोचना भएपछि पक्राउ परेका सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो ।

प्रबन्ध निर्देशक सिरोहियाले समाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन–रास्वपाका रवि लामिछाने गृहमन्त्री बनेका छन् । सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उनले धेरै कान्तिपुरलाई समाचार सार्वजनिक नगरिदिन धेरै अनुरोध गरे । गृहमन्त्री लामिछानेले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोचेर कान्तिपुरलाई समाचार लुकाइदिन आग्रह गरेका थिए होला ।, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो गृहमन्त्रीले सोचे तर कान्तिपुरले प्रेस स्वतन्त्रताको अधिकार र सहकारी पीडितको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै निरन्तर समाचार प्रसारण ग¥यो । उनले व्यवस्थापनले समाचार नलेख्ने तर सम्पादकीय स्वतन्त्रता भएको बताउँदै राज्य शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रीले झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गरेको बताए ।

सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा थप स्पष्ट पारेका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको उनले बताए ।

बुबामाथि लगाएको झूटो आरोपको सत्य बताउन चाहन्छु सम्भवले भने,‘ कैलाश सिरोहिया नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मँदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गरेका हुन् ।

कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी किसिमको नागरिकता पाएका भनेर भ्रम फैलाइएको सम्भवले बताए । ‘कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरीको नागरिकता पाएका छन् । उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गर्नुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिसक्नुभएको थियो। यति सामान्य कुरालाई के–के न जस्तो हल्ला गरियो,’ उनले भनेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *