राजनीति

आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदै , असार ७ गते बजेट पारित गर्ने तयारी

काठमाडौं । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने भएको छ ।

संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय लेन्डक्यारमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने उल्लेख छ । प्रतिनिधि सभा निमावली २०७९ परच्छिेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

सरकारले आगामी असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुने भएको छ । बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट